महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव-२०८१ हुने भएको छ ।
बैशाख २० देखि जेठ ५ गतेसम्म सञ्चालन हुने महोत्सवको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने भएको छ ।
भुमि अधिकार तथा श्रमिक संगठन, नेपाल केन्द्रिय कमिटी, काठमाडौंको आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा. लि.को व्यवस्थापकमा का.म.न.पा. वडा नं. ३१, नयाँ बानेश्वर आलोकनगर (वाग्मती किनार) मा १७ दिन सम्म चल्ने भएको छ ।
महोत्सवमा १०० भन्दा बढी स्टल रहने महोत्सवमा १ लाख ५० हजार भन्दा बढि अवलोकन गर्न आउने आकलन गरिएको छ ।संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा. लि.का अध्यक्ष दिपक दाहालका अनुसार महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य तथा खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, राष्ट्रिय, खाना महोत्सव, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव,सामान लगायत स्टल रहेका छन् ।
महोत्सवमा उत्कृष्ट बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक र हास्यव्यङय सहितका मनोरञ्जनात्मक प्रस्तुति रहने दाहालले बताउनुभयो ।
मेलामा सर्वसाधारणका लागि प्रवेश शूल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको सस्थाले बताएको छ । ज्येष्ठ नागरिक, अशक्तलाई भने निशुल्क प्रवेश दिइने नेपाल मेला महोत्सव ग्रुप प्रा. लि.का अध्यक्ष दिपक दाहालले जानकारी दिनुभएको छ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution