ग्लोबल अनलाईन खबर५५४ पाठक संख्या April 5, 2024 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
गोकर्णेश्वर नगरपालिकाले २ साहित्यकारलाइ सम्मान गरेको छ । बिहिबार प्रा. डा. ऋषिराम पोखरेल र कन्चन पुडासैनीलाई सम्मान गरेको हो ।
सम्मानीत २ साहित्यकारलाई सम्मान पत्र सहित जनही रु १,००,०००। (एक लाख) नगदबाट सम्मान गरेको छ ।
कार्यक्रममा नगर प्रमुख दिपक रिसाल , नगर उपप्रमुख सान्नानी लामा नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतको उपस्थिती रहेको थियो । नगर प्रमुख दिपककुमार रिसाल र उपप्रमुख सान्नानी लामाले २ साहित्यकारलाई सम्मान गर्नु भएको थियो ।