काठमाडौ । काठमाडौ बिश्वविद्यालय अन्तर्गत रहेको नेपाल मेडिकल कलेज (जोरपाटी)मा विद्यार्थीहरुले गरेको आन्दोलन पश्चात् भएको सहमती कलेज प्रशासनबाट उल्लंघन भएको भन्दै अनेरास्ववियूले बिरोध जनाएको छ ।
विद्यार्थीहरुको उचित माग सम्बोधन गर्ने हेतुले उपकुलपती सहित बसेको बैठकले कलेज प्रशासन र विद्यार्थीबिचको बिसयलाई समस्या समधान स्वरुप सहमतीमा विद्यार्थीहरु होस्टेलमा बस्ने नबस्ने ,क्यान्टिनमा खाना खाने नखाने जस्ता कुरा बिद्यार्थीको स्व(इच्छा भएको र त्यसको निर्णय विद्यार्थीले नै लिन पाउने र विद्यार्थीको इच्छा अनुसार नै हुने गरि सहमती भएको थियो। तर अहिले ,नेपाल मेडिकल कलेज प्रशासनले त्यस सहमतिलाई उल्लंघन गर्दै क्यान्टिनमै खाना खानु पर्ने,बस्नु पर्ने नबसे नखाएमा पनि त्यसको सुल्क विद्यार्थीले तिर्नु पर्ने जस्ता बाध्यकारी कलेज प्रसासनले धम्की पुर्ण दवाफ विद्यार्थीहरुलाई गरेको र जबर्जस्ती कबुलियत गर्न पठाइएको, नगरे परिक्षामा फेल गरिदिन्छु भनेर धम्काउने र जायज माग राख्दा फोटो खिचेर राख्ने अनेकन टचर दिने जस्ता काम कलेज प्रशासनले गरेको भन्दै अनेरास्ववियूले विद्यार्थीमाथिको हदै सम्मको ज्यादतीको घोर निन्दा गर्दै बिरोध गरेको छ ।
अनेरास्ववियूका निवर्तमान केन्द्रिय आर्थिक बिभाग प्रमुख राम चन्द्र गौतमले यस्ता धम्किपुर्ण व्यबहार कलेज प्रशासनले सच्चाउन र बिद्यार्थीको भबिष्य माथी साथै स्वास्थ्य माथी खेलवाड नगर्न समेत सचेत गराएको छ । सहज वातावरणमा सहमती अनुसार नै कलेज प्रशासनले समस्या समाधान गर्नु पर्ने अनेरास्ववियूको माग रहेको गौतमको भनाइ रहेको छ । विद्यार्थीले स्व ईच्छाले बस्न पाउने खान पाउने पढ्न पाउने कार्यमा कलेज प्रसासनले अन्कुस लगाउन खोज्नु गलत रहेको र त्यसको बिरुद्ध विद्यार्थीहरुको साथमा रहने अनेरास्ववियूका नेता गौतमले प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution