हेलम्बु । मेलम्ची खानेपानी बाढीपिडित संघर्ष समितिको पहिलो बैठक हिजो बिहीवार सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अध्यक्ष पासाङ लामाको अध्यक्षतामा हेलम्बु गाउँपालिका २ किउल भुमेस्वरीमा बसेको बैठकमा हेलम्बुका विभिन्न राजनिती दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा समितिका सचीव छिरिङ ग्याल्बु लामाले संघर्ष समिति गठन भएपछि भएको कार्यविवरण सहित आगामी कार्यक्रमहरुको विषयमा छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
२०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीबाट प्रभावित भएकाहरुको कुनै पनि समस्या राज्यका कुनै सरकारले सम्बोधन नगरेको भन्दै २०८० पुष २१ गते पासङ लामाको नेतृत्वमा ७०७ सदस्य संघर्ष समिति गठन भएको थियो । समितीले पुष २५ गते देखिनै सशक्त आन्दोलन गर्ने भनिएता पनि जिल्ला प्रशासन कार्यलय प्रमुखको रोहवरमा बसेको वार्ताले १ हप्ता आन्दोलनको कार्यक्रम स्थगित भएको थियो । उक्त वार्तामा संघर्ष समितिको तर्फबाट १७ बुँदे माग पत्र पेश गरेको थियो । १ हप्ताको समय सकिन लाग्द समितिले तयारी स्वरुप अर्को कार्यक्रम तयार परेको छ । समितिले प्रत्यक प्रभावित र जोखिम वस्तीहरुमा छलफल गर्ने भएको छ ।
बैठकमा छलफल पछि तपशिलका मागहरु तुरुन्तै सम्बोधन गर्नुपर्ने निर्णय समेत गरेको छ ।
तपशिल:
क. गाउँपालिकाको तर्फबाट गर्नुपर्ने कामहरु
१. बाढीको नोक्सानी र जोखिम लगत सङकलन र प्रभाबितहरुको बर्गिकरण
२. घरको नक्सा बनाईदिने र नक्सा पास खर्च छुट
३. पुर्ववत खोलाको रेखाङकन
४. बगाएको जग्गाको तिरो मिनाहा
५. बिजुली शुल्क मिनाहा सिफारिस
६. बैक ऋण मिनाहा सिफारिस
७. क्रसर स्थापना गर्न सहजिकरण
८. केन्द्र र प्रदेश सरकारले गर्न लागेको कामको स्थानबिशेष प्राथमिकता निर्धारण
९. नदिबाट निकालिएको ढुङ्गा, बालुवा स्थानिय बाटोहरुमा हालेर बाटोको स्तर सुधार गर्न बजेट माग गर्ने
नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाको तर्फबाट गर्नुपर्ने काम:
१. बगाइएका संरचनाहरुको पुनर्निर्माण, नदि नियन्त्रण र आय आर्जन बृद्धिका लागि दिर्घकालिन गुरुयोजना बनाइ तीन बर्षमा कार्य सम्पन्न गर्ने गरि हेलम्बु मेलम्ची नदि करीडोर एकीकृत बिकास परियोजना लागू गर्नुपर्ने ।
२. मृतक परिवारका लागि प्रती ब्यक्ती रु. १० लाख उपलब्ध गराउनुपर्ने ।
३. बाढीले बगाइ ल्याएका ढुङ्गा बालुवा ठूलो मात्रामा थुप्रीन गै नदि उकासिएकोले विभिन्न बस्तिहरु थप जोखिममा रहेकोले सबैभन्दा बढि थुपिएको ठाउँको पहिचान गरि ४,५ ठाउँमा कम्तिमा २० मिटर चौडाइ र ५ मिटर गहिराइमा खार्ने र कम्तिमा ३०० मिटर पर लगेर थुपार्ने ।
४. प्रती घर निर्माणका लागि रु. २० लाख अनुदान उपलब्ध गराउने र तत्कालै निर्माण कार्य शुरु गर्ने । तथा आयआर्जनको लागि तत्काल ० (शुन्य) % ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने ।
५. मेखाबिसको शुरुको अनुमानित लागत कति हो, हालसम्म कति खर्च भएको छ र अब थप कति लागत लाग्ने होरु सोको जानकारी गराउनु पर्ने ।
६. नदिबाट निकालिएको ढुङ्गा, बालुवा स्थानिय बाटोहरुमा हालेर बाटोको स्तर सुधार गर्न बजेट ब्यवस्थापन गर्ने ।
७. लामो समयदेखी थाती रहेको मेलम्ची खानेपानी बापतको लेबि स्थानिय बिकासको लागि प्राप्त हुने ब्यवस्था गर्ने ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution