उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर

 Ashish Tamang

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।बुधबार उच्च अदालत पाटनले सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले यसअघि गरेको फैसला बदर गरेको हो। उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनमाथि लागेको आरोप बदर गर्दै खेलमा लागेको प्रतिबन्ध फुकुवा गर्ने आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदनका लागि गरेका थिए।


Lions International Foundation बाट नेपालका लागि ९ करोड ५० लाख बराबरको अनुदान प्राप्त

 Ashish Tamang

Lions Clubs International Foundation बाट नेपालका लागि ९ करोड ५० लाख बराबरको अनुदान प्राप्त गरेको छ । लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनको मई महिनामा बसेको बोर्ड अफ ट्रस्टीको बैठकबाट नेपालमा रहेका १५ डिष्ट्रिक्ट मध्ये छ वटा डिष्ट्रिक्टका सात वटा परियोजना स्वीकृत गरेको हो ।स्वीकृत भएका परियोजनाहरू डिष्ट्रिक्ट ३२५ ‘सि’ बाट प्रस्तावित मानव सेवा आश्रम बिराटनगरको किचन रडाईनिंग हल निर्माणका लागि अमेरिकी डलर एक लाख १७ हजार ६ सय ६९ र ईटहरीमा ‘माया घर’ अनाथ महिला आश्रम निर्माणका लागि ९९ हजार ८ सय ९० अमेरिकी डलर स्वीकृत भएको छ । त्यस्तै, ३२५ ‘डि’ बाट प्रस्तावित परियोजना स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी काठमांडौंका डायलाईसिस सेन्टरका लागि एकलाख डलर, डिष्ट्रिक्ट ‘ई’ को परियोजना चन्द्रागिरी अस्पताल थानकोटको लागि ९८ हजार ६ सय ५१ डलर र डिष्ट्रिक्ट ३२५ ‘जी’ को प्रस्तावित परियोजना  भक्तपूर ठिमीमा ब्लड बैक इक्विपेन्टका लागि ९७ हजार ३ सय १ डलर स्वीकृत भएको छ । यसैगरी डिष्ट्रिक्ट ३२५ ‘एल’ को जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको डायलिसिस सेन्टरका लागि ८३ हजार ६ सय ३७ र डिष्ट्रिक्ट ३२५ ‘एन’ को कर्णाली प्रदेशमा संचालित मुटुरोग सेवाका लागि ९९ हजार ८ सय ५२ डलर बराबरको परियोजना स्वीकृत भएको छ ।  


प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा

 Ashish Tamang

काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ। महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिने सरकारको कार्यक्रम छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो । यस्तै, राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउने उहाँको भनाइ छ। दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्धार गर्न प्रदेश कार्यालयलाई जिम्मेवार बनाउने सरकारले नीति लिएको छ।


आईटीबाट ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा

 Ashish Tamang

काठमाडौं । सरकारले सूचना प्रविधि ९आईटी० क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष ९आव० को नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो । सरकारका लागि आवश्यक सफ्टवेयर निर्माणको काम सरकारी क्षेत्रबाटै निर्माण गर्ने र स्वदेशी उद्योगलाई प्राथमिकता दिने नीति लिइने उहाँले बताउनुभयो । आईटीलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण र समद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइने भएको छ ।


काभ्रेमा हत्या गरिएका मानिसको पहिचान खुल्यो

 Ashish Tamang

१० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको शव जलेको अवस्थामा फेला परेको छ । बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट दोलखा जाने भनेर निस्किएका सुवेदीको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको हो । घटना प्रकृति अनुसार उनलाई हत्या गरेर रुखमा तारले बाँधी जलाएको अनुमान गरिएको छ । तर, काभ्रेपलाञ्चोक प्रहरीले सुवेदीको हत्या गरिएको हो वा आत्महत्या भन्ने वारे यकिन हुन बाँकी रहेको जनाएको छ । शुक्रवार जिरो किलोस्थित मेलम्चि–जिरो किलो सडक खण्डवाट करिव ५० मिटर तल बिरोजे खोल्चा जङ्गलमा एक पुरुषको शव

समाचार, समाज  संग सबंधीत छ |

२१ औ तामाङ टेलिश्रृखला “क्यालो ” युट्युवमार्फत सार्वजनिक (हेनुहोस भिडियो )

 Ashish Tamang

काठमाडौं । निर्देशक तथा छायांकन सुनिल कुमार मोक्तानको २१ औ तामाङ टेलिश्रृखला क्यालो युट्युवमार्फत सार्वजनिक भएको छ । यसको कथामा गोकुल तामाङ रहेका छन् । म्हेन्दो मिडिया हाउसले यो ल्याएको हो । यसमा कलाकारहरु गोकुल तामाङ क्य्पालो, उदास ट्यापे तामाङ, सन्तोष तामाङ, मन्जु तामाङ, बिन्दु तामाङ, सुनिता गोले, सुमित्रा वाइबा, हिरा तामाङ, सुकुमाया तामाङ र बिनिता तामाङको अभिनय रहेको छ । हेनुहोस भिडियो


यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

 Ashish Tamang

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ । संयुक्त बैठकका विशेष अतिथिका रुपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चार क्षेत्रका व्यक्तिहरू उपस्थित थिए ।

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

  • काठमाडौं महानगरले निःशुल्क कानुनी सेवा उपलब्ध गराउने
    १ हफ्ता अघि

  • ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार
    १ हफ्ता अघि

  • प्रथम वनदेवी चन्द्रगिरी सांस्कृतिक तथा व्यापार महोत्सव- २०८१ जेष्ठ १४ देखि हुने
    १ हफ्ता अघि

  • उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर
    १ हफ्ता अघि

  • Lions International Foundation बाट नेपालका लागि ९ करोड ५० लाख बराबरको अनुदान प्राप्त
    १ हफ्ता अघि

  • प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा
    १ हफ्ता अघि

  • आईटीबाट ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा
    १ हफ्ता अघि

  • काभ्रेमा हत्या गरिएका मानिसको पहिचान खुल्यो
    १ हफ्ता अघि

  • २१ औ तामाङ टेलिश्रृखला “क्यालो ” युट्युवमार्फत सार्वजनिक (हेनुहोस भिडियो )
    १ हफ्ता अघि

  • १०

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
    १ हफ्ता अघि

  • ११

    Miss Talent 2024 काे काठमाण्डौ अडिसन सम्पन्न
    २ हफ्ता अघि

  • १२

    २० औ तामागङ टेलिश्रृखला “क्यालो ” युट्युवमार्फत सार्वजनिक (हेनुहोस भिडियो )
    ३ हफ्ता अघि

  • १३

    lions club of Kathmandu Namo Buddha द्वारा खाध्यन्न सामग्री बितरण
    ३ हफ्ता अघि

  • १४

    महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव– २०८१’ को उद्घाटन (फोटोफिचर)
    ३ हफ्ता अघि

  • १५

    इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
    ३ हफ्ता अघि

  • १६

    MISS TALENT 2024 काे पहिलाे अडिशन नुवाकोटमा १५ गते हुने
    १ महिना अघि

  • १७

    नयाँ बानेश्वरमा महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव हुँदै
    १ महिना अघि

  • १८

    मलाई बचाईदिनुहोस्- सुरज तामाङ
    १ महिना अघि

  • १९

    ‘ग्याल्बो राजा’ को विशेष शो वैशाख १५ गते हुने
    १ महिना अघि

  • २०

    भोलि सार्वजनिक बिदा, सरकारले किन दियो बिदा ?
    १ महिना अघि