नम्रता ट्रस्ट नेपालकाे अायाेजना Miss Talent 2024 काे काठमाण्डौ अडिसन सम्पन्न भएको छ।सोमवार काठमाण्डौमा अडिशन शुरु भएको हो ।
काठमाडौं अडिशनमा २४ जना प्रतियोगीहरुले भाग लिएका थिए भने २१ जना युवाहरु छनौट भएका छन् ।
कार्यक्रम सभापति तथा कार्यक्रम प्रमुख संयाेजक नम्रता ट्रष्ट नेपालका अध्यक्ष साथै Miss Indigenous 2021 विजेता नम्रता लामा ( निम्रत) रहेका थिए।
कार्यक्रम प्रमुख अतिथि तादी गाउपालिका नुवाकोटका निवर्तमान पालिका प्रमुख .नारायण प्रसाद पाण्डे रहेको थियो ।
काठमाडौं अडिसनमा निर्णायकहरु Miss indigenous 2019 विजेता एलिजा गुरुङ , Mrs indigenous 2021 2nd runner up सिम्रन गुरुङ, Miss Tamang 2024 2nd runner up अमृता लामा तामाङ, Miss Gurung 2022 विजेता इसा गुरुङ, Miss Tamang 2024 3rd runner up डाेल्मा छेक्पाल , Mrs Gurung photogenic विजेता सीता लामा गुरुङ रहेका थिए।
कार्यक्रममा दुई दर्जन बढीले अडिशनमा भाग लिएकाे थियोे । यस अडिशनबाट छनाैट हुन सफल क्यान्डिडेटहरुले विभिन्न क्षमता अभिवृद्धि गर्न बन्द प्रशिक्षणममा रहन पाउनेछ । छनाैट भएकोहरुकाे निमित्त करिब एक महिना विशिष्ट व्यक्तिहरुबाट प्रशिक्षण काठमाडौमा हुनेछ । प्रशिक्षण सकिएपछि ट्यालेन्ट राउन्ड कार्यक्रम पुन हुनेछ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution