काठमाडौँ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन नेपाल ‘नेशनल प्याब्सन’ काठमाडौँ जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
भदौ २७ गते हुने जिल्ला समितिको आठौँ अधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
श्रेष्ठले काठमाडौँ जिल्ला समितिमा दुई कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । वर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख भएर काम गरिरहेका श्रेष्ठ अघिल्लो कार्यकालमा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीमा थिए ।
मनास्लु वर्ल्ड कलेजको प्रिन्सिपल समेत रहेका श्रेष्ठले अंग्रेजीमा एमफिल सकेर पिएचडी गरिरहेका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।