राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन नेपाल ‘नेशनल प्याब्सन’ काठमाडौं जिल्ला समितिको सह कोषाध्यक्ष पदमा मोहन अधिकारीले उम्मेदवारी दिने भएका छन् । यही भदौ २७ गते हुने काठमाडौं जिल्ला समितिको आठौं अधिवेशनमा अधिकारीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
विपुल शिक्षा निकेतनका प्रिन्सिपल तथा भेनस नेश्नल कलेज र भेनस पब्लिक स्कुलका निर्देशक मोहन अधिकारी पनि सह कोषाध्यक्ष पदको उम्मेदवारी घोषणा गरि प्रचार प्रसारका कार्यक्रमहरुलाई तिव्रता दिएका छ्न ।
हाल नेशनल प्याब्सन गोकर्णेश्वोर नगर कमिटिको एक सफल कार्यकाल बिताई सक्रिय रुपमा निजि विद्यालयहरुको हक र हितका लागि काम गरिसकेका अधिकारी सालिन, कुशल र दक्ष लिडरको रूपमा स्थापित रहेका छ्न।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।