काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बुधवार शुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दस्तावेज वितरण भएको छ ।
प्रज्ञा भवन कमलादीमा भइरहेको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई पूर्वप्रधानमन्त्ती भट्टराईको दस्तावेज छलफलका लागि भनेर बितरण गरिएको हो ।
माओवादी छोडेर पछिल्लो समय नेपाल समाजवादी पार्टी खोल्नुभएका भट्टराईकोे दस्तावेज उहाँको सचिवालयले इमेलमार्फत पठाइएको हो । पूर्वप्रधानमन्त्री भट्टराईकोे दस्तावेज प्राप्त भएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले दस्तावेजमा माओवादी आन्दोलन कहाँ चुक्यो रु अबको वैकल्पिक राजनीति कस्तो हुने रु अबको समाजवादको मोडेल कस्तो हुने रु यस विषयमा खुलेर छलफल गर्न माओवादी नेताहरूलाई आग्रह गर्नुभएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।