काठमाडौँ- नेपाल प्रहरीका विभिन्न समूहमा रहेका वरिष्ठ नायब निरीक्षकहरूको प्रहरी निरीक्षक पदमा बढुवा भएको छ। बढुवा समितिको सिफारिसको आधारमा उनीहरूको बढुवा भएको हो।
जनपद प्रहरीको समूहतर्फ ६४ प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको प्रहरी निरीक्षकमा बढुवा गरिएको छ।
प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका दुई जनाको बढुवा भएको छ।
त्यस्तै प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फ पनि दुई जनाको बढुवा भएको छ।
नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङकतर्फको प्रही निरीक्षक पदमा एक जनाको बढुवा भएको छ।
त्यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फको प्रहरी निरीक्षक पदमा एक जनाको बढुवा भएको छ।
प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप(समूह, सूचना प्रविधिरकम्प्युटरतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा दुई जनाको बढुवा भएको छ।
जनपद समूहतर्फ बढुवा हुनेहरू
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।