स्कटल्याण्ड – एनआरएनए यूकेको निर्वाचन नजिकिंदै गर्दा यहां चुनावी रौनक बढेको छ । निर्वाचनको लगभग अन्तिम समय आए संगै माहोल तातेको हो ।
सामाजिक अभियन्ता चर्चित लोक गायीका कमला श्रेष्ठले स्कटल्याण्डका विभिन्न सहरहरुमा चुनावी अभियान तिब्र रुपमा अगाडी बढाए संगै उनको चर्चा चुलिएको छ ।
नेपाल स्कटल्याण्ड संघका पूर्व उपाध्यक्ष समेत रहेकी श्रेष्ठ विगत लामो समय देखिन् सामाजिक सेवामा सक्रिय छिन्।
संस्थाको छवी खस्किइरहेका बेला महिला तथा यूवाहरुको संलग्नता र उनीहरुको भिजनले मात्र संस्थागत सुधार हुन सक्ने उनी बताउंछन् । हामी भागेर होइन संस्थाभित्रै रहेर केही परिवर्तन गर्न सकिने आत्मविश्वासले म चुनावी मैदानमा छु’, उनले भनिन्।
एक कार्यकाल संस्थाभित्र रहेर धेरै अनुभव बटुलेको उनले बताईन् । ‘संस्था जतिसुकै संकटबाट गुज्रिंदा पनि म कहिल्यै विचलित भइन’, कमलाले भन्नि, ‘सामाजिक काम स्वार्थबाट प्रेरित हुनुहुन्न भन्ने मेरो मान्यता छ ।’
उनले मतदाता समक्ष आफूलाई मत दिन पनि अपिल गरेकी छिन् । एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा हुंदैछ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।