काठमाडौं । प्रमुख पतिपक्षको रुपमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेको छ । बुधबार दिउँसो बसेको राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।
प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले विरोध गरेको छ ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको बताए ।
उनले प्रधानमन्त्रीले तुरुन्दै राजीनामा दिनुपर्नै भन्दै राजीनामा नदिएसम्म बैठक चल्न नदिने बताए ।
एमाले सांसदहरु आफ्टो सिटबाट उठेर अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution