पेन्सिलभेनिया नेपाली गुठीको अध्यक्षमा पुन विमल मोक्तान निर्विरोध निर्वाचित भएका छन्। गुठीको शनिवार सम्पन्न पहिलो अधिवेशनले मोक्तानलाई दोहोरिएका हुन् ।
मोक्तानको नेतृत्वमा नौ सदस्यीय कमिटीको निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकालले जानकारी दिए ।
गुठीको उपाध्यक्षमा दीपक सापकोटा र सचिवमा सुभाष बैठा निर्वाचित र कोषाध्यक्षमा बलराम श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
सदस्यहरूमा रविन पाख्रिन,निकिता महर्जन,सोनी लामा, ओमबाबु सापकोटा र हेमन्त कोइराला रहेका छन्।
गुठीको नवनिर्वाचित कार्यसमितिले स्थानीय समाजसेवी विनोद मोक्तानलाई पुन प्रमुख संरक्षक मनोनयन गरेको छ।
यस्तै नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल, डा, केशव भण्डारी, सुनिल नेपाल, सुमन तिमिल्सिना र वीरध्वज तामाङलाई सल्लाहकार मनोनित गरेको छ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।