गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)‚ राष्ट्रिय समन्वय परिषद् अमेरिका पेन्सलभेनिया च्याप्टरको अध्यक्षमा जयन्द्र लामा निर्विरोध निर्वाचित भएका छन् ।
आगामी २०२३–२०२५ कार्यकालका लागि लामाको अध्यक्षतामा ११ नयाँ कार्यसमिति चयन भएका हुन् ।
सङ्घको उपाध्यक्षमा अभिशेक थापा‚ महासचिवमा नितेश पाण्डे‚ कोषाध्यक्षमा रविन पाख्रिन निर्वाचित भएका हुन् । यस्तै यूवा संयोजकमा राकेशकुमार यादव र महिला संयोजकमा ममता कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
यसै गरी सदस्यहरूमा ओम सापकोटा‚ मोहन मगर‚ किशोर न्यौपाने‚ गरभीलाल यादव र वृजनन्दन यादव निर्वाचित भएका हुन् ।
निर्वाचितपछि अध्यक्ष लामाले यसअघिका कार्यसमितिले अगाडि बढाएका कार्यक्रमको निरन्तरतासँगै सङ्घलाई थप सुदृढीकरण गर्दै नयाँ कार्ययोजनाहरुसाथ टिम अघि बढ्ने बताए ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।