लन्डन : बेलायत स्थित लन्डन टाईगर स्पोर्ट भेनु साउथ हलमा आयोजना हुन लागेको दोस्रो ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता ६ अगस्ट मा हुने भएको छ । मुख्य आयोजक ”के टि एम् ट्राभल एण्ड टुर्स” ले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
अपरेसन डाइरेक्टर सुनिल थापा ले दिइएको जानकारी अनुसार ६ अगस्ट हुने सुपर ८ ८ ओभर) प्रतियोगितामा ६ टिमले सहभागिता जनाउनेछन्।
गोर्खाज कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटि एकाउन्टेन्ट, खुकुरी वियर, माया सपोर्टेड लिभिङ, एच टि आर रिक्रुटमेन्ट, अक्सब्रिज म:म: को प्रायोजनमा हुने प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नया युवा क्रिकेट कल्ब, गोर्खा क्रिकेट कल्ब र मिडल्यान्ड वारियर्स गरि ६ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
बेलायती सांसद विरेन्द्र शर्मा लगायत अन्य विभिन्न नेपाली संस्थाका प्रमुखहरु को सहभागिता हुने प्रतियोगितामा ३००० भन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ। खेलकुदमात्र नभएर डिजे, बाउन्सि क्यासल, स्ट्रिट फुड, कमर्सियल स्टल को व्यवस्था गरिने मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराई ले बताए।
प्रतियोगिता सुपर ८ (८ ओभर) संरचनाअनुसार खेलाइने टुर्नामेन्ट डाइरेक्टर बिनोद बिकास सिम्खडाले बताए ।
प्रतियोगितामा आकर्षक पुरस्कार राशि समेत राखिएको आयोजकले जानकारी दिइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज लगायतका पुरस्कारसमेत दिइने छ । प्रतियोगितामा ८ खेलाडी प्रति टिम, पिन्क बल र इंग्लैण्ड क्रिकेट बोर्डमा दर्ता भएका एम्पायरहरु को व्यवस्था समेत गरिएको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।