• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Sat, 23, Sep, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • २विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ३आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ४गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ५एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • ६मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
  • ७नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
  • ८अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
होमपेज / समाचार

सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँट हटाउन माग गर्दै प्रधानमन्त्री समक्ष सांसद ठकुरीको ध्यानाकर्षण पत्र

ग्लोबल अनलाईन खबर ३४९ पाठक संख्या June 11, 2023 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं क्षेत्र नम्बर ३ (प्रदेश ख) का समस्याहरु लिएर सांसद बिमल ठकुरीको टोली प्रधानमन्त्री निवास

सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँट हटाउन माग गर्दै प्रधानमन्त्री समक्ष सांसद ठकुरीको ध्यानाकर्षण पत्र

सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँटका कारण ५ गाउँवस्ती समस्यामा परेको भन्दै सांसद ठकुरी पुगे बालुवाटार

काठमाडौं । बागमति प्रदेश सभा सदस्य एव्म काठमाडौं क्षेत्र नम्बर ३(प्रदेश ख) सांसद बिमल ठकुरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ (प्रदेश ख) का समस्याहरु लिएर सांसद ठकुरी सहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।

सांसद ठकुरीले महादेव मन्दिरदेखि पर्यटकीय क्षेत्र सुन्दरीजलसम्म जाने बाटो निमार्ण, सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँट हटाउने व्यवस्थाको पहल,लगायत समसामयिक राजनितिबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेको बताए ।

सांसद ठकुरीले गोनपा ४ अन्तर्गत पर्ने नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण वनका कारण वागमति करिडोर अन्तर्गत गोकर्ण व्यारेज महादेव मन्दिरदेखि पर्यटकीय क्षेत्र सुन्दरीजलसम्म जाने बाटो हालसम्म पनि निर्माण हुन नसकेको साथै गोनपा १ सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँटका कारण जनतामा समस्या आएको भन्दै त्यसको समाधानका लागि आवश्यक पहलकदमी चाल्न प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा भनिएको छ गुह्येश्वरीदेखि सुन्दरीजलसम्म १० किलोमिटर मध्ये ५ किलोमिटर करिडोर सडक खुलिसके पनि गोकर्ण वनको पर्खाल सारेर बनाउनु पर्ने १०० मिटर सडक बन्न नसक्दा बाँकी बन्नुपर्ने ५ किलोमिटर सडक बन्न सकेको छैन । उक्त पर्खाल सारेर बाँकी ५ किलोमिटर करिडोर विस्तार गर्न सकिए बागमती करिडोर सडक गुह्येश्वरीदेखि सुन्दरीजलसम्म जोडिने छ । माकलबारीबाट गोकर्ण व्यारेज हुँदै गोकर्णेश्वर महादेव मन्दिर, उत्तरगयासम्म फराकिलो सड़क बनेमा स्थानीयका साथै तिर्थालुहरुका लागि समेत आवतजावतमा धेरै सुविधा पुग्नेछ साथै यस क्षेत्रमा यातायातको चाप पनि न्यूनिकरण हुनेछ ।
गोकर्ण वन नेपाल ट्रष्टको जग्गा भएको कारण हाल रहेको पैदल हिँड्ने बाटो पनि साँघुरो, भिरालो र जोखिमयुक्त रहेको छ । त्यसकारण सो बाटोवाट आवतजावत गर्नेहरुलाई असुविधा हुने गरेको छ । पैदलयात्री तथा दुईपांग्रे सवारी साधनहरु दैनिकजसो उकालोमा दुर्घटनामा पर्ने गरेका छन् । नेपाल सरकारको प्राथमिकतामा परेको क्षेत्र र सडक भएर पनि गोकर्ण व्यारेज क्षेत्रमा नेपाल ट्रष्टको जग्गामा सडक चौडा हुन नसक्दा करिडोर सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

नेपाल ट्रष्ट अन्तर्गत रहेको गोकर्ण वनको जग्गामा पर्खाल सारेर सडक चौडा गरी १५ मिटर वा सो भन्दा फराकिलो सडक बनाउन सकिन्छ । सो स्थानमा अवरुद्ध सडक निर्माण कार्य सुचारु हुन सके करिडोर सडक गुह्येश्वरी देखि सुन्दरीजलसम्म जोडिनेछ । सो करिडोर सडकबाट स्थानीय तथा सवारीसाधनको आवतजावतका लागि धेरै सहज हुनेछ । यसले स्थानीय क्षेत्रको विकासको साथै आन्तरिक तथा बाह्य पर्यटनको विकासमा समेत थप टेवा पुग्नेछ । तसर्थ नेपाल ट्रष्टको गोकर्ण वनको जग्गामा सड़क चौडा बनाई स्थानीय जनताको माग पुरा गर्न सार्थक पहल गरिदिनु हुन सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष हार्दिक अनुरोध गर्दछु प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ

त्यस्तै सांसद ठकुरीले गोनपा १ सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँटका कारण त्यसक्षेत्रका ५ गाउँवस्ती र आरक्षण भित्र रहेका स्थानीयले घर जानको लागि, आफ्ना मामाघर, ससुराली जानको लागि समेत पैसा तिर्नु पर्ने अवस्थाका कारण स्थानीयको दैनिक जीवनयापनमा समेत समस्या भएको भन्दै त्यस क्षेत्रका जनतालाई प्रवेश शुल्कमा निशुल्क गर्नुपर्ने माग गरेका छन् ।

सांसद ठकुरीले बागमतिको धार्मिक क्षेत्र सुन्दरीमाई, वागद्वार जस्ता तिर्थ स्थलमा जाने तिर्थयात्री भत्तजनले पनि निकुञ्जलाई चर्को शुल्क तिर्नु पर्ने बाध्यताका कारण आन्तरिक पर्यटकको संख्यामा पनि कमी आएको उल्लेख गरे । निकुञ्ज क्षेत्रमा सुरक्षाका लागि चेक पोष्ट राखे पनि ढाँटमा शुल्क लिने कार्य हटाउन आवश्यक देखिन्छ ध्यानाकर्षण पत्रमा भनिएको छ स्थानीय जनताको दुःख बुझेर सम्माननीय प्रधानमन्त्रीज्यूले उपयुक्त निकासको सार्थक पहल गरिदिन आवश्यक रहेको व्यहोरा अनुरोध गर्दछु ।

सुन्दरीजलमा रहेको आर्मी चेक पोष्टले पारेको समस्या बारे केही दिन अघि प्रतिनिधि सभा सदस्य सांसद सन्तोष चालिसेले समेत संसदमा आवाज उठाएका थिए । उनले सुरक्षाका लागि चेक पोष्ट राखे पनि निकुञ्ज प्रवेशमा शुल्क तत्काल हटाउन आग्रह गरेका थिए ।

शिवपुरी आरक्षण अन्तर्गत पर्ने सुन्दरीजल क्षेत्रका मुलखर्क, ओख्रेनी, कुने लगायतका क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुले चेक पोष्ट र चर्को शुल्कका कारण समस्या रहेको गुनासो सांसदहरु समक्ष पटकपटक राख्दै आएका छन् ।

प्रधानमन्त्रीसंगको भेटवार्तामा प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे ,नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रिय सदस्य बिजय तामाङ लगायतको उपस्थिति रहेकाे थियाे

सम्बन्धित पोस्ट
  • गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ दिन अघि

  • २

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ दिन अघि

  • ३

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    ४ दिन अघि

  • ४

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    १ हफ्ता अघि

  • ५

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    १ हफ्ता अघि

  • ७

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    २ हफ्ता अघि

  • ८

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    २ हफ्ता अघि

  • ९

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    ३ हफ्ता अघि

  • १०

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    ३ हफ्ता अघि

  • ११

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    ३ हफ्ता अघि

  • १२

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    ४ हफ्ता अघि

  • १३

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १४

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • १५

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • १६

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
    १ महिना अघि

  • १७

    ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
    १ महिना अघि

  • १८

    सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
    १ महिना अघि

  • १९

    निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने
    १ महिना अघि

  • २०

    राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

                            Contact
    Gokarneshwor ,8,Kathmandu,Nepal
    Reg : 307169/079/080
    E-mail : [email protected]
                             Team 
    • Chairman : M.S. Tamang
    • Editor : S. Lama
    • Photographer : M.Shrestha
    • Camera : I.Tamang
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑