काठमाडौं । अमेरिकाले भिसा आवेदन शुल्क बढाएको छ । अमेरिकाले भिसाको आवेदन शुल्क जुन १७ देखि लागू हुने गरी बढाएको हो ।
गैरआप्रवासी भिसा आवेदन शुल्क १६० डलर थियो । त्यो भिसा आवेदन शुल्क १८५ डलर कायम गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासका अनुसार पेटिसनमा आधारित भिसा शुल्क १९० डलरबाट वृद्धि भई २०५ कायम हुनेछन् । ई भिसा आवेदन शुल्क २०५ डलरबाट ३१५ डलर पुर्याइएको छ ।
भिसा शुल्क सेवाको लागत सम्बन्धी वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिएको समेत दूतावासले जानकारी गराएको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।