नेपाल मेडिकल कलेज, छहारी युवा क्लव तथा सिद्धिदात्री महिला समूहद्वारा संयुक्ता आयोजनामा ,गोकर्णेश्वर ८ अत्तरखेलमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
गोकर्णेश्वर नगरबासीलाई निःशुल्क ब्लड उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम नेपाल मेडिकल कलेज,गोकर्णेश्वर ८ अत्तरखेलमा आयोजना गर्न लागेको हो ।
सो कार्यक्रम २०८० जेष्ठ १३ गते शनिवार हुने आयोजकले जनाएको छ । रक्तदान कार्यक्रम बिहान ९ः ०० बजे देखि १ः०० बजे सम्म संचालन हुने जनाएको छ ।
सिद्धिदात्री महिला समूहकी अध्यक्ष तारादेवी फुयालले जेष्ठ १३ गते आयोजना हुने रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागिमहिला समूहका कर्मचारी, व्यवसायी, बुद्धिजीवी, अभिकर्ता, समाजसेवी लगायत स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गरेका छिन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।