२४ चैत, काठमाडौं । समाज डेन्टल हस्पिटलको ९ औं शाखा गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटीमा भोली उद्घाटन हुने भएको छ । “दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता” भन्ने उदेश्यका साथ समाज डेण्टल हस्पिटलको शाखा खुल्न लागेको हो । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध–जोरपाटीबाट पनि सेवा दिने हेतुले शाखा बिस्तार गरेको हो ।
चैत्र २५ गते शनिबार एक विशेष कार्यक्रम गरि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको हातबाट रिबन काटेर उदघाटन हुने र उक्त दिन सम्पुर्ण सेवाहरुमा ५०५ छुट र बाँकी चैत्र महिना र बैशाख महिना भरि १५ ५ छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिलेले बताए ।
प्रबन्धक घिमिरिले एतिहासिक धार्मीक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी व्यक्त गरेका छन। सामान्य शुल्कमा गुणस्तरीय सुविधा दिने उदेश्यका साथ शाखा स्थापना गरिएको घिमिरेले बताए ।
समाज डेण्टल हस्पिटलले २३ बर्ष देखि दाँत तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ ।
काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको शाखाहरु बानेश्वर ,जाउलाखेल ,बिपि अस्पताल ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला , बसुन्धरा चौकी , बनेपा र गठाघर भक्तपुरमा समेत रहेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।