१९ चैत, काठमाडौं । नेपाल मेडिकल कलेजले सेवाहरु थप गर्ने क्रममा अब देखि पुर्ण रूपमा रक्त सञ्चार सेवा सुरु गरेको छ ।
प्रयोगशालाका ब्यबस्थापक सरोज जंग कुँवरका अनुसार राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुको अनुगमन पछी रक्त संचार सेवाको लागि स्वीकृति प्राप्त भए संगै अब काठमाडौंको पूर्वी भेगका बासिन्दालाई सहज रुपमा रगतको आबश्कता पूरा गर्न सबै किसिमका रगतका प्रकारहरु यो प्रयोगशालाबाट दिन सकिने छ ।
पूर्वी भेगका अस्पतालहरुमा रहेका बिरामीको लागि आबस्यक रगतका प्रकारहरु जस्तै Whole blood , PRBC , fresh frozen plasma स्वंयसेवी रक्त दाताबाट लिएर प्रदान गरिने छ ।
चौबीसै घण्टा संचालन हुने यो सेवा अत्याधुनिक उपकरण तथा दक्ष जनशक्ति प्रयोग गरि सुचारु गरिएको छ । रक्तसञ्चार सेवा पछि गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, कागेश्वरी नगरपालिका, शंकरापुर नगरपालिकाका बासिन्दा यो सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।