२६ पुष, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत पाएको सभामुखको हैसियतमा रहेका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे । यस्तै दुई सांसदले विपक्षमा मत दिए । मतदानमा २७० सांसद उपस्थित थिए ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।