२५ पुष, काठमाडौं । भिजन क्लवस् ईन्टरनेशनल अन्तर्गत भिजन क्लब अफ काठमाडौंले आज नुवाकोट जिल्लाको खोलेखर्क आधारभूत विद्यालय नुवाकोटमा ६५ जना बालबालिकाहरूको लागी ट्रयाक्सुट वितरण गरेको छ ।
यसैगरी, भिसिआई बिष्णु बहादुर श्रेष्ठको संयोजकत्वमा सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिकाको थुङगेडांडा आधारभूत विद्याालयमा २५ जना वालवालिकाहरूलाई ट्रयाक्सुट गरिएको छ । थुङगेडांडा आधारभूत विद्यालयमा सो अवसरमा, भिजन क्लब अफ काठमाडौंका चार्टड प्रेशिडेण्ट भिसिआई राजकृष्ण श्रेष्ठले व्यक्तिगत रुपमा १५ जना विद्यार्थीलाई जुत्ता किन्नका लागि रू.७,५०० सहयोग प्रदान गरेका छन् ।
भिजन क्लवस् ईन्टरनेशनल सेवा भावले कार्य गर्ने संस्था भएकोले बालबालिकालाई अध्ययनमा हौसला प्रदान गर्न क्लबको संयोजनमा ट्रयाक्सुट वितरण गरिएको भिजन क्लब अफ काठमाडौंका चार्टड प्रेशिडेण्ट भिसिआई राजकृष्ण श्रेष्ठले बताए ।
आवश्यकता पहिचान गरेर सहयोग गर्न नुवाकोटको खोलेखर्क र सिन्धुपाल्चोकको थुङगेडांडामा पुगेर सहयोग गरेको श्रेष्ठले ग्लोबल अन्लाईन खबरलाई जानकारी दिए ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।