२० असोज, काठमाडौं । मौसम प्रतिकुल बनेपछि काठमाडौबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।
वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो ।
मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । काठमाडौंमा बिहानैबाट ठूलो वर्षा भइरहेकोले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।