काठमाडौं- निर्वाचन आयोगले आगामी आमनिर्वाचनमा समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको छ ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको हो ।
आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेश चुनावमा भाग लिन आजदेखि १२ गतेसम्म तीन दिनभित्र समानुपातिक तर्फ दल दर्ता निवेदन गरिसक्नु पर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले समानुपातिक तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने छ । निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दलले आयोगमा दल दर्ता गरी सकेका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।