काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ८२ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परीक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जना निको भइसकेका छन् ।
हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।