२०७९ असार २४ , काठमाडौं । ओम तामाङ सुख दुःख सेवा गुठीको भवनमा आज सुप्राणप्रतिष्ठा (राब्ने) कार्यक्रम सम्पन्न भएको छ । गुठिको भवनमा प्रतिस्थापन गरिएका अमिताभ बुद्ध, गुरु रिम्पोछे र च्येङरेसी (अवलोकितेश्वर) ३ वटा मूर्तिहरुमा सुप्राणप्रतिष्ठा (राब्ने) गरीइको हो ।
धर्मगुरु टुल्कु लोसाङ नाम्गेल रिम्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठान सहित सुप्राणप्रतिष्ठा सम्पन्न भएको हो ।
बिहिबार भएको सुप्राणप्रतिष्ठा कार्यक्रममा गुठीका अध्यक्ष सुरज लामा रुम्बा, समाजसेवी तथा गसठिका संरक्षक चन्द्रदीप लामा (काजु), बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, पूर्व अध्यक्ष सम्पुर्ण कुमार लामा लगायतका व्यक्तित्वहरुको समुपस्थिती रहेको थियो ।
आज भएको सुप्राणप्रतिष्ठा (राब्ने) कार्यक्रम बौद्ध धर्म अनुसार विधिपुर्वक धार्मिक पुजा भउका थिए । पुजा कार्यक्रममा उल्लेख्य संख्यामा धमानुरागीहरुको उपस्थिती रहेको थियो ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।