३१ जेठ, काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले निसान कप फुटसल प्रतियोगिता गर्ने भएको छ । संस्थाले यही असार ३, ४ र ५ गते मेडिकल कलेज नजिक रहेको रम्बल फुटसलमा छैटौं ७ ‘ए’ साइड फुटसल प्रतियोगिता गर्न लागेको हो ।
निसानले हरेक वर्ष गर्दै आएको फुटसल प्रतियोगिता गत वर्ष कोभिडको कारणले प्रभावित भएको थियो । खेलहरु नकआउट चरणमा खेलाईने छ । निसानका अध्यक्ष ओम प्रसाद ढकालका अनुसार यस वर्षको प्रतियोगितामा ४० टिम सहभागि हुने छन् ।
खेल अवधिभर उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र बढी गोल गर्नेलाई ट्रफी द्वारा सम्मान गरिनुका साथै ‘प्री क्वाटर फाइनल’सम्म हरेक खेलमा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई ‘म्यान अफ दि म्याच’को ट्रफि दिइने अध्यक्ष ढकालले जानकारी दिए ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।