३० ज्येष्ठ, काठमाडौं । ३ दशक देखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल कुमारराज सुवेदीले काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) सदस्यमा उम्मेदवारी दिने दावी गरेका छन् ।
सुवेदीले लामो समय देखि राजनीतिमा आबद्ध भएर काम गर्दै आएको अनुभव बोकेर काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) सदस्यमा उम्मेदवारी दावी गरेको ग्लोबल अनलाईन खबरलाई बताए ।
उनले राजनीतिक र सामाजिक अभियानबाट आफू चिनिएको हुनाले जनताको विश्वास बोकेर प्रदेश सभामा प्रतिनिधित्व गर्दै क्षेत्र नं. ३ का आम नागरिकको सेवा गर्ने उदेश्य रहेको बताए ।
प्रदेश स्थानीय तह र संघको बिचमा पुलको रुपमा रहेको हुनाले स्थानीय क्षेत्रको विकासमा तीनै तहको सरकारलाई झकझकाउन आवश्यक हुने बताउँदै सुवेदीले काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) का सबै संभावनालाई विकासका रुपमा साकार पार्न र यस क्षेत्रको व्यवसायिक विकास, उत्पादनमुलक व्यवासयिकताको अभिवृद्धी, सांस्कृतिक पर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको विकासको संभावनालाई साकार पार्न आफूले विशेष पहल गर्ने बताए ।
३ दशक देखि सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल भएर काम गरेको अनुभवका आधारमा यस क्षेत्रका आम नागरिकको प्रतिनिधित्व गर्दै यस क्षेत्रलाई न्याय दिन सक्ने र प्रदेश सभाको गरिमालाई कायम गर्न सक्ने योग्य उम्मेदवार आफू भएको सुवेदीले दावी गरे ।
राजनीतिका साथै शिक्षा, खेलकुद, सामाजिक अभियान, साहित्य, लायन्सको अभियानमा निरन्तर क्रियाशिल सुवेदी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । सुवेदी २०४८ सालमा साविक जोरपाटी गाविसको नेपाली कांग्रेसका सभापति समेत हुन् । लायन्स क्लब अफ काठमाडौं जोरपाटीका संस्थापक समेत रहेका सुवेदी मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय पूर्व महासचिव हुन् । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ का पूर्व डिष्ट्रिक गभर्नर सुवेदी हाल नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष रहेका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।