काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ९ इकाईले आज क्रियाशील भेला तथा धन्यवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापती सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा इकाई सभापति एवम् गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापाको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, महाधिवेशन प्रतिनिधि सत्यभामा श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य यूवलाल बिश्वकर्मा, नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ९ का पुर्व इकाई सभापति बुद्धिमान तामाङ लगायत नेपाली कांग्रेसका नेता, कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभ चिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा गोकर्णेश्वर वडा नं ९ मा विजयी वडा सदस्य लक्ष्मी गुरुङ, गमला परियार, उमेश चालिसे र श्रीकृष्ण कारञ्जितको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निवर्तमान नगर प्रमुख तथा नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापती सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाको विकासका लागि आफूले सँधैं सहयोग गर्ने बताउँदै नेपाली कांग्रेसका उम्मेद्वारलाइ बिजयी गराउन सहयोग गर्ने सबैलाई धन्यबाद दिए । क्षेत्रीय सभापति चालिसेले नगरपालिकाको विकास पार्टी र जनप्रतिनिधि सबैको प्रमुख प्राथमिकता हुनु पर्ने बताए ।
यसैगरी, क्षेत्रीय सचिव तथा नगर प्रमुख दिपक रिसालले स्थानीय चुनाव पछि सबै पक्ष नगरपालिकाको विकासमा केन्द्रीत हुन आग्रह गर्दै नगरपालिकाको विकासका लागि सबै पक्षको बिचमा सार्थक सहकार्य समन्वय हुने विश्वास व्यक्त गरे ।
यसैगरी, कार्यक्रममा इकाई सभापति, वडा अध्यक्ष तथा कार्यक्रमका सभापति राजीव थापाले स्वागत मन्तव्य राख्दै स्थानीय चुनावमा गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसलाइ विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । थापाले वडा र नगरको विकासमा एकजुट भएर सहकार्य गर्न समेत आग्रह गरे ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution