काठमाडौं । कांग्रेसको १४औँ माहाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले प्रमाण पाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बिहान आयोजित कार्यक्रमकाबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा,सहित पदाधिकारी र केन्द्रीय सदस्य गणेश लामा लगयातले प्रमाणपत्र लिएका छन् ।
२४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।