काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भईरहँदा मोडल, कलाकार, व्यवसायी तथा समाजसेवी शान्ता कुमारी तामाङले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेकी छिन् ।
शनिबार तामाङले राष्ट्रिय सभागृहमा आदिवासी जनजाति महिला तर्फबाट केन्द्रिय सदस्यमा मनोनयन दर्ता गरेकी हुन् ।
तामाङले आफू नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय भई दुई पटक महासमिति सदस्य समेत भइसकेकोले यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको ग्लोबल अनलाईन खबरलाई बताईन् ।
उनले नेपाली कांग्रेसको रुपान्तरण र पुस्तान्तरणका लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउँदै प्रतिनिधिहरुको अमूल्य मतले नेपाली कांग्रेसमा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने भएकोले अमूल्य मत दिई सहयोग गर्न समेत अनुरोध गरेकि छिन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।