चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा अन्ततः निर्वाचन हुने निश्चित भएको छ ।
अध्यक्ष पदमा डा.भीमबहादुर रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो ।
अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।
रावल र भुसालले आज बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।