काठमाडौं क्षेत्र नं ३ प्रदेश (क ) को सभापतिमा श्रीराम चालीसेको उम्मेदवारी घोषणा
ग्लोबल अनलाईन खबर२४८ पाठक संख्या November 9, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट
काठमाडौं , नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ तरुण दलका महाधिवेशन प्रतिनिधि श्रीराम चालीसेले प्रदेश (क ) को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार जोरपाटीमा भएको नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ प्रदेश (क ) को भेलामा उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपाली काङ्ग्रेसलाई स्थानीय क्षेत्रमा बलियो बनाई आसन्न तीन वटै चुनावमा काङ्ग्रेस पार्टीलाई शानदार जीत दिलाउन आफुले प्रदेश (क) को सभापतिमा उम्मेदवारी दिने चालीसेले बताए ।
पार्टी संगठनलाई चलायमान र एकताबध्द बनाउन युवा नेतृत्व आवस्यकता रहेकोमा जोड दिदै उनले आफुलाई प्रदेश (क) सभापतिमा जिताउन अनुरोध गरेका छन ।