काठमाडौं । उद्यमशील महिला समूहले काठमाडौको मूलपानी बाबाचोकमा रहेको जनजाति कल्याण आश्रम नेपाललाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
आश्रममा बसेर ४० जना बालबालिका पढ्दै आएका छन् ।
गोकर्णेश्वर नगरपालिका ४ मा कार्यालय रहेको समूहले ४ वर्षदेखि सामाजिक काममा सक्रियता देखाउँदै आएको छ । समूहकी अध्यक्ष प्रमिला शेर्पा (प्रमी) को सभापतित्वमा, विश्व हिन्दु महासंघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष, गोकर्णेश्वर महिला महासंघको अध्यक्ष, गोकर्णेश्वर नगरपालिकाकी धार्मिक तथा आध्यात्मिक सद्भावना दूतसमेत रहेकी शिक्षासेवी रेखा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
समूहले यो अभियानमा सहयोग गर्नेहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।