२ असार, काठमाडौं । विश्व रक्तदाता दिवसको अवसरमा काठमाडौंको चाबहिलमा रक्तदान कार्यक्रम गरिएको छ ।
‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ अन्तर्गत दुई हजार पिन्ट रगत संकलन गर्ने अभियानका साथ काठमाडोंका विभिन्न स्थानमा रक्तदान कार्यक्रम हुँदै आएको छ ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी र काठमाडौं महानगरपालिकाको सहयोगमा सम्पन्न भएको संयोजक स्वेता श्रेष्ठले बताइन् ।
कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको कठिन समयमा रगतको अभाव हुन थालेपछि मंगलबार ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ अन्तर्गतको आकस्मिक रक्तदान कार्यक्रम चाबहिलमा सञ्चालन गरिएको थियो । मंगलबार १६ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा काठमाडौं महानगर पालिका सामाजिक महाशाखाको प्रमुख पदम केशर अधिकारी, शहरी खाद्य तथा स्वास्थ्य प्रमुख हरि बहादुर कुंवर, काठमाडौं महानगरपालिका ७ का वडा सदस्य कृष्णा मैनाली, पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पण्डित, काठमाडौं महानगरपालिका शिक्षा प्रमुख यमनाथ चौलागाई, नेशनल पावर न्युजको डाईरेक्टर समिर लामा, समाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ, पत्रकार एवम् समाजसेवी राजन थापा, समाजसेवी कविता दाहाल, सोम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution