काठमाडौँ– सरकारले नेपाल नागरिकता अध्यादेश जारी गरेको छ ।
संसदमा रहेको नागरिकता विधेयक लामो समयदेखि समितिमा अड्किएपछि सरकारले अध्यादेशमार्फत् नागरिकता वितरण गर्ने गरी बाटो खोलेको हो ।
अध्यादेशमा २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागकिरता पाएकाको सन्तान वालिग भएपछि बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ । तर त्यस्ता व्यक्तिले आमा र बाबु दुबैको नागरिकता पेश गर्नुपर्नेछ ।
त्यस्तै नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान नभएका व्यक्तिलाई समेत नेपालको बंशजको नागरिकता दिइने व्यवस्था गरिएको छ ।
तर पछि पहिचान हुँदा बाबु विदेशी रहेको देखिए स्वतः अंगीकृत नागरिकतामा रुपान्तरण हुने व्यवस्था समेत अध्यादेशमा समावेश गरिएको छ ।
नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान हुन नसकेको र आमाको होसहवास नभएको र आमाको मृत्यु भइसकेको भए नागरिकता लिने आफैले स्वघोषणा गरेर निवेदन दिनुपर्ने व्यवस्था राखिएको छ ।
बाबुको पहिचान नभएको तर नागकिरता लिएपछि बाबु विदेशी भएको पाइए नेपाली नागरिकता पाएकाहरुले विदेशी नागरिकता नलिएको प्रमाण समेत पेश गर्नुपर्ने व्यवस्था समावेश गरिएको छ ।
यस्तो छ नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।