काठमाडौं । स्पेन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।
आइबेरिया एयरलाइन्सले स्पेनको राजधानी मड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धि स्वास्थ्य सामग्री ल्याएर काठमाडौं आइपुगेको हो । स्पेनको स्वास्थ्य मन्त्रालयले जहाज कार्गो गरेर कोभिड स्वास्थ्य सामग्री नेपाल पठाएको हो ।
कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धि स्वास्थ्य सामग्री रहेको बताइएको छ । जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टिजेन किट नेपाल पठाइएको छ ।
स्वास्थ्य सामग्री ल्याएर आएको जहाजले स्पेनिस नागरिकलाई लिएर जानेछ । नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा भएका स्पेनिस नागरिक स्वदेश फिर्ता हुन पाएका थिएनन् ।
बिहीबार आइबेरियन एयरलान्स बाहेक ४ वटा कार्गो उडान रहेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।