काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अग्रपंक्तिमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ ।
महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारका गएराति निधन भएको हो ।
कोरोना महामारीमा उनी अग्रपंक्तिमा खटिएका प्रहरी अधिकृतमध्येका हुन् ।
कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।