३१ वैशाख, काठमाडौं । नेपालबाट ११ यात्रु लिएर थाइल्याण्डको राजधानी बैंकक गएको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्कँदैछ । यो जहाजले काठमाडौं आउने क्रममा भने थाइल्याण्डबाट थाइ सरकार र गैरआवासीय नेपाली संघ (थाइल्याण्ड)ले दिएका अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने भएको छ ।
कम्पनीका महाप्रवन्धक अनिल मानन्धरका अनुसार जहाजमाले कुल २४ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने छ । ‘कुन निकायबाट कति संकलन भएको थाहा छैन,’ उनले भने, ‘तर, यो थाइ सरकार र एनआरएन थाइल्याण्डले नेपाललाई गरेको सहयोग हो ।’
नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएपछि थाइल्याण्डमा अध्ययनरत केही विद्यार्थी र यहाँ रोकिएका नागरिक लगेर आज बिहान श्री एयरलाइन्सको जहाज बैंकक गएको हो ।
एनआरएन ओमानले संकलन गरेका अक्सिजन सिलिण्डर ल्याउन भने नेपाल एयरलाइन्सको जहाज शनिबार ओमन उड्दैछ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।