काठमाडौं । नयाँ सरकार गठनका लागि नेताहरुको दौडधुप तीव्र छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा सकिनै लाग्दा नेताहरुले भेटघाटलाई तीव्रता दिएका हुन् ।
केपी शर्मा ओली विरुद्धको गठबन्धन बनाएर नयाँ सरकार बनाउने तयारीमा जुटेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता जारी छ ।
देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा नयाँ सरकार गठनबारेमा छलफल भइरहेको स्रोतले बताएको छ ।
यसअघि देउवाले जनता समाजवादी पार्टीका अयक्ष महन्थ ठाकुर लगायतका नेताहरुलाई भेटेका थिए । छलफलमा ठाकुरले सरकार गठनमा जसपाको भर नपर्न भनेका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।