काठमाण्डाै – अहिले देशका केही ठाउँमा पानी परेको छ । बिहान काठमाण्डौ उपत्यकामा केहीबेर घाम लागे पनि फेरि मौसम बद्ली भएर पानी पर्न थालेको हो ।
अहिले, काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश २ र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र र गण्डकी प्रदेशमा पानी परिरहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
आज दिनभरि नै देशभरको मौसम बद्ली नै रहने उहाँले बताउनुभयो । पानी पार्ने प्रणाली पूर्वतर्फ सर्दै गरेकाले केही घण्टा पछि भने वाग्मगती प्रदेशमा पानी पर्ने सम्भावना कम हुने मौसमविद्ले बताएका छन् । यस्तै, भोलि र पर्सि पनि देशका धेरै ठाउँको मौसम यस्तै हुने मौसमविद्ले बताएका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।