२९ वैशाख, काठमाडाैँ । काठमाडाैँको नयाँ बजारमा जुवाको खाल सञ्चालन गर्ने माओवादी नेतासहित २५ पक्राउ परेका छन । निषेधाज्ञाको समयमा काठमाडौंको सोह्रखुट्टे स्थित बहती पोखरीमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलमा जुवा खेल्दै गरेकालाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । जुवाखालबाट १० लाख ९७ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा होटल संचालक पिताम्बर गौतम, भारतिय नागरिक कानु प्रधान, काठमाडौं घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक सहित २५ जना छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।