काठमाडौं–अभिनेत्री स्वेता भट्टराईलाई पति शोक परेको छ । उनका श्रीमान मिलन सापकोटालाई कोरोना संक्रमण भएपछि उपचारको क्रममा मंगलवार चावहिलस्थित एक अस्पतालमा निधन भएको हो ।
परिवारका अनुसार अक्सिजन लेभल कम भएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको हो ।
काभ्रे, रोशी गाउँपालिका वडा नम्बर १० का सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । यो जोडीको एक छोरी छिन् ।
स्वेताले फिल्म ‘रिदम’, ‘ब्ल्याकमेल’, ‘प्रोड्यूसर’लगायतका फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् । दाम्पत्य जीवनमा बाँधिएपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।