काठमाडौं, बैशाख ५। काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध पिपल बोट देखि गोकर्णेश्वर नगरपालिका वडा नं ५ / ६ का जोरपाटी चोक, बराल पेट्रोल पम्प देखि मिलनचोक बाहुनधारा सम्म सौर्य सडक बत्ति जडान गरिएको छ। बागमती प्रदेश सभा सदस्य एबम सचेतक नेपाली कांग्रेस संसदीय दलका छिरिंग दोर्जे लामाको बिशेष पहलमा बागमती प्रदेश साझेदारी कार्यक्रम अन्तर्गत सडक बत्ति जडान गरिएको हो । राति आवागमन सहज हुने, दुर्घटना घट्ने, आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा सहित सौर्य सडक बत्ति जडान गरिएको हो।
उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एबम सचेतक नेपाली कांग्रेस संसदीय दलका छिरिंग दोर्जे लामा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं५का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायतको उपस्थितिमा सडक बत्ति जडान गरिएको हो।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution