काठमाडौं। वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता आजबाट सुरु भएको छ।
निर्धारित समयभन्दा दुई दिनअघि नै शुरु भएको प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजी तौल समूहमा आईएमटीडिओका नारायण भुजेलले टीवाईसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाईसीका राजन भट्टलाई पराजित गरे।
५६ केजी तौल समूहमा सिन्धुलीका अजय चौधरीले मकवानपुरका महेन्द्र राई तथा बक्समान्डुका सुरज महर्जनले सीबीसीका लक्ष्मीप्रसाद जोशीलाई पराजित गरे। ६० केजी तौल समूहमा नक्साल ‘ए’का मौसम रानामगरले मेघदूतका निरज गौतम, ललितका आभाषप्रताप शाहले एफ प्रोका अनिश थापामगर, एसडब्लुटीएसबीका सन्जोक विष्टले चितवनका विवेक गुरुङ, सिन्धुलीका निमा दावा तामाङले पाटनका रायन महर्जन, थानकोटका विजनगोपाल श्रेष्ठले रामेछापका नेत्र तिरुवा तथा टीवाइसीका अनिल पुन मगरले सीबीसीका विकास गुरुङलाई पराजित गरे।
पुरुषतर्फकै ६४ केजी तौलसमूहमा ललितका सनिल शाहीले टीकाथलीका निशान दास, रसुवाका रोविन प्रधानले एफ प्रोका प्रनिमेश थापा, धादिङका पवन गुरुङले टीवाइसीका दिनेश भण्डारी, सीबीसीका कमल श्रेष्ठले एसडब्लुटीएसबीका तुफान शाही, प्लाटिनमका अविश्वनदेव श्रेष्ठले रामेछापका सुमन श्रेष्ठ तथा बक्समान्डुका चन्द्र देवा तामाङले थानकोटका मनीष श्रेष्ठलाई हराए।
प्रतियोगिताको उद्घाटन भने फागुन १९ गते हुनेछ।
प्रतियोगितामा एक सय ७३ खेलाडी सहभागी छन्। काठमाडौंको स्युचाटारमा जारी प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ। पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूह समावेश छन्।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।