काठमाडौं। एनआरटीका दीपक मगर प्रथम चक्र/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा दीपकले अजिमाका फुरी शेर्पालाई ६-४ को स्कोरमा पराजित गर्दै लास्ट ब्रेकका सोम लामासँगको भेट पक्का गरेका हुन्। अन्तिम आठको अर्को खेलमा सोमले अजिमाकै राजेन लामालाई ६-३ ले हराउदै अन्तिम चारमा स्थान बनाएका हुन्।
त्यसअघि अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र फस्ट ब्रेकका अमन कार्कीले अन्तिम चारमा स्थान बनाइसकेका थिए।
अन्तिम चारका खेलहरू बुधबारबाट हुनेछन्।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution