काठमाडौं। जर्मनीमा कोरोना संक्रमण रोकथामका लागि अप्रिलमध्यसम्म लकडाउन बढाइएको छ। नजिकै आएको पर्व इस्टरमा सार्वजनिक स्थलमा भेला हुनसमेत रोक लगाइएको छ।
मंगलबार त्यहाँका १६ राज्यका गभर्नरसँग चान्सलर एन्जेला मर्केलले भिडियो कन्फ्रेन्समार्फत् मार्च २८ सम्म लगाइएको लकडाउन बढाएर अप्रिल १८ सम्म लम्ब्याइएको बताएकी हुन्।
“हामी अहिले कोरोनाको नयाँ प्रकारसँग जुधिरहेका छौं,” उनले भनिन्, “यो अधिक घातक र संक्रामक छ।”
एजेन्सी
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।