धनगढी । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर घाइते भएका दुई युवालाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । मंगलबार बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बन्दा प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको हो ।
प्रहरीको गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेल घाइते भएका छन् । उनीहरुलाइै हेलिकप्टरबाट काठमाडौँ पठाइएको हो ।
मंगलबार धनगढीबाट टीकापुर जाँदै गरेको ना ७ ख ८८३३ नम्बरको बसले ठक्कर एक जना युवतीको मृत्यु भएको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की चोकमा बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो । देवकोटाको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले ट्राफिक प्रहरीको लम्की चोकमा राखेको गोलघर जलाउनुका साथै ईलाका प्रहरी कार्यालयमा पनि ढुंगा प्रहार गरेका थिए । प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । आक्रोशित प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution