• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Sat, 23, Sep, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • २विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ३आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ४गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ५एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • ६मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
  • ७नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
  • ८अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
होमपेज / खेलकुद

कोरोनाको दोस्रो लहरकाे जोखिमबीच दर्शकको उपस्थितिमा खेल सुरु हुँदै

ग्लोबल अनलाईन खबर ६९६ पाठक संख्या March 23, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

इश्वरचन्द्र झा, 
काठमाडौं, चैत १० गते । अखिल नेपाल फुटबल संघको आयोजनामा मङ्गलबारदेखि ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिता सुरु हुँदैछ । कोभिडको दोस्रो लहर आउन सक्ने सम्भावनाका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने प्रकारले सभा, सम्मेलन, गोष्ठी आयोजना नगर्न सूचना जारी गरेको छ । तर अखिल नेपाल फुटबल संघ(एन्फा)ले दर्शकको उपस्थितिमै ‘थ्री नेशन्स कप’को सबै खेल हुने जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले सामाजिक दूरीको पालना गरी दर्शकको उपस्थिति कायम राख्ने प्रष्ट्याउनुभयो । तर एन्फाले सामाजिक दूरी तथा स्वास्थ्य मापदण्डको पालना गराउने दाबी गरेपनि ब्यवहारमा त्यस प्रकारको तयारी गरिएको देखिन्न ।
पहिलो खेलमा आज किर्गिस्तानले बङ्गलादेशको सामना गर्दैछ । साँझ साढे पाँच बजे सुरु हुने खेलमा दुई विदेशी टोलीले एक अर्काको सामना गर्ने हुँदा दर्शकको उपस्थिति अपेक्षाकृत कम हुने अनुमान गरिएको छ । तर बिहीबार हुने नेपाल र किर्गिस्तानबीचको खेलमा कम्तीमा पाँचदेखि सात हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले बताउनुभयो । सीमित परिधिभित्र सात हजार दर्शक राखेर खेलाइने अवस्थामा मापदण्ड पूरा हुन नसक्ने जनस्वास्थ्यविद्हरु तर्क गर्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्डको उल्लंघन हुने गरी कुनै प्रकारको क्रियाकलाप नगर्न आइतबार नै निर्देशन जारी गरेको छ । तर एन्फाले भने खेलको लागि टिकट बिक्री कार्यलाई निरन्तरता दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले “हामीले मापदण्ड तोकेर सचेत गराउने हो, मापदण्ड पालना गराउने निकायकोयस सम्बन्धमा ध्यानाकर्षण हुनुपर्ने” बताउनुहुन्छ । गत साताको अन्त्यमा दैनिक थपिने सङ्क्रमित ५० जनाभन्दा कममा झरेको थियो । तर साताको सुरुवातदेखि चौबीस घण्टामा थपिने सङ्क्रमित बढ्दैछ । सोमबार चौबीस घण्टामा १५० जना सङ्क्रमित थपिएका छन् ।
छिमेकी राष्ट्र भारतमा कोभिड १९ को दोस्रो लहर आएको देखिन्छ । दोस्रो लहरको संकेत आउनासाथ सङ्क्रमण प्रभावित क्षेत्रमा खेलकुदमा दर्शकको उपस्थितिमा बन्देज लगाइएको छ । गत आइतबार नै सम्पन्न इंग्ल्याण्ड र भारतबीचको टी ट्वान्टी श्रृखंलामा समेत दर्शक उपस्थिति शून्यमा झारिएको थियो ।
यद्दपी एन्फाले रङ्शाला प्रबेश गर्ने दर्शकका लागि मापदण्ड तयार गरेको छ ।सबै दर्शकको तापक्रम मापन गरिने, अनिवार्य ‘सैनिटाइजर’ लगाउनुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने एन्फाले मापदण्ड जारी गरेको छ ।
तर यस प्रकारको अनुभवले समेत अन्य राष्ट्रहरुमा काम गरेको देखिन्न । भारतमा मार्च दोस्रो साताको सुरुवातमा चौबीस घण्टामा थपिने सङ्क्रमित संख्या १२ हजारसम्म भएकोमा स्वास्थ्य मापदण्डमा हेलचक्रयाइँ गरेपछि परिस्थिति फेरिएको छ । दुई साताको अन्तरालमा दैनिक थपिने सङ्क्रमित बढ्दै गएको छ । सोमबार चौबीस घण्टामा करिब ४७ हजार सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले ‘हतारमा काम गरेर फुर्सदमा पछुताउने’ नेपालीको बानी परेको टिप्पणी गर्नुहुन्छ । उहाँले विगतकाे अनुभव, विश्व स्वास्थ्य संगठनको सुझाब र मन्त्रालयको मापदण्ड पालनामा लापरवाही भए भोलि भयावह स्थिति आउनसक्ने चेतावनी दिनुभयो । दर्शकको क्षणिक रमाइलोका लागि जनस्वास्थ्यलाई जोखिममा राख्न नहुने डा. गौतमले तर्क गर्नुभयो । गोरखापत्र

सम्बन्धित पोस्ट
  • नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई सम्मान
  • साफ च्याम्पियनसिपको उपाधि भारतलाई
  • नेपालद्वारा मलेसियाविरुद्ध २ सय ५३ रनको लक्ष्य
  • १६ वर्ष मुनिको इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियासँग खेल्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    २ दिन अघि

  • २

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    २ दिन अघि

  • ३

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    ४ दिन अघि

  • ४

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    १ हफ्ता अघि

  • ५

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    १ हफ्ता अघि

  • ७

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    २ हफ्ता अघि

  • ८

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    २ हफ्ता अघि

  • ९

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    ३ हफ्ता अघि

  • १०

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    ३ हफ्ता अघि

  • ११

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    ३ हफ्ता अघि

  • १२

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    ४ हफ्ता अघि

  • १३

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १४

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • १५

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • १६

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
    १ महिना अघि

  • १७

    ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
    १ महिना अघि

  • १८

    सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
    १ महिना अघि

  • १९

    निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने
    १ महिना अघि

  • २०

    राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

                            Contact
    Gokarneshwor ,8,Kathmandu,Nepal
    Reg : 307169/079/080
    E-mail : [email protected]
                             Team 
    • Chairman : M.S. Tamang
    • Editor : S. Lama
    • Photographer : M.Shrestha
    • Camera : I.Tamang
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑