राष्ट्रिय सूचना आयोगले सोमबार गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले अरुलाई दुःख दिन सूचनाको हकको प्रयोग गर्ने विचौलियाहरुलाई तह लगाउनुपर्ने बताएका हुन् ।
उनले कतिपय सञ्चारकर्मीहरुले समेत असल सूचना नदिएर विकृति विसंगतीबारे बढाइचढाई सूचना सम्प्रेषण गरेको बताउँदै त्यस्ता गतिविधिहरु सूचना आयोगले नियन्त्रण गर्नुपर्ने बताए ।
उनले राज्यलाई सहयोग पुर्याउन नै सूचना आयोगको कल्पना गरेको तर्क गरे ।
मन्त्री गुरुङले अदालतमा मात्रै नभएर सबै ठाउँमा विचौलियाहरु भएका कारण वेलैमा विचौलीयाहरुले मौका पाउने वातावरण नबनाउन आग्रह गरे । उनले राज्यले परिकल्पना गरे अनुसार नै सूचना आयोगले कार्य सम्पाद गर्न सके भाषाभाषीको मात्रै कल्याण नभएर नेपाली कला संस्कृतिको जर्गेना हुने तर्क गरे ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले भाषालाई प्राथकिता दिनुपर्ने बताए । उनले भाषासँगै सूचनाको हक प्रयोगलाई विभिन्न भाषामा प्रवाह गर्नुपर्नेमा समेत जोड दिए ।
उनले सूचनाको हकले सुशासन कायम गर्न, देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नागरिकलाई सही तरिकाले सूचनाको हक प्रयो गर्नुपर्ने बताए ।